• २०८३ असोज ६ मंगलबार

सुशासनका लागि निजामतिको ट्रेड युनियन खारेज गरेका हौँ- अर्थमन्त्री डा. वाग्ले

सुशासनका लागि निजामतिको ट्रेड युनियन खारेज गरेका हौँ- अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामति कर्मचारीमा मात्र ट्रेड युनियन खारेजी गरको स्पष्ट गरेका छन् ।

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले सेवा प्रवाह र सुशासनलाई नतिजामुखी बनाउन निजामती तथा सरकारी सेवामा ट्रेड युनियन खारेज गरिएको स्पष्ट गरेका हुन् ।

उनले आफुहरुलाइ ट्रेड युनियन आन्दोलनको इतिहास र महत्व बारे जानकारी रहेको बताउदै रास्वपाले चुनावमा प्रस्तुत गरेको बाचा पत्रमा उल्लेख भए अनुसारनै निजामति कर्मचारीको ट्रेड युनियन खारेज गरेको बताए ।

उनले भने- 'निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यवसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियन को खारेजी गर्ने भनेर नीति तथा कार्यक्रममा राखेका छौँ । समग्र ट्रेड युनियन मुभमेन्टलाई नै निषेध गर्ने, यसको ऐतिहासिक महत्त्वलाई खारेज गर्ने नियतले यो आएको होइन ।'

साथै मन्त्री वाग्लेले रास्वपाले आफ्नो चुनावी बचापत्रमा उल्लेख गरे अनुसार नै बजेट आउने बताउदै आफुहरुले जनताबाट अनुमोदित गराएका विषय मात्र ल्याएकोले जनमतको सम्मान गर्न आग्रह गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै