• २०८३ जेठ १ शुक्रबार

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाको बैठकबाट पारित भएको छ ।

विपक्षी दलको विरोधका बीचमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख डिपी अर्यालले सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

बैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०८३-८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममाथि अर्थमन्त्री डा. वाग्लेले जवाफ दिनेक्रममा नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले संसदको बैठक बहिष्कार गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रम आजै राष्ट्रिय सभाबाट पनि पारित भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै