• २०८३ जेठ १ शुक्रबार

हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ- प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन !

हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ- प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको विषयको जवाफ दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जवाफ दिएका छन् । 

सांसद साम्पाङले चार कारण देखाउदै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले जवाफ दिदै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने कारण नभएको बताएका हुन् । 

शाहीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायित्व हुन भनेको भन्दै राजीनामा भने दिन नहुने बताएका छन् । उनले भनेका छन्- 'माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे । तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन् । त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ । हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ । हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस् । किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो ।'

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिएको उल्लेख गर्दै राजीनामा माग गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै