• २०८३ जेठ ३ आइतबार

काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली भलिबल टिमको घोषणा

काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली भलिबल टिमको घोषणा

काठमाडौँ । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल, किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै