• २०८३ जेठ ३ आइतबार

कामिरिताले तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

कामिरिताले तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गत वर्ष जेठ १३ गते कामिरिताले ३१औँ पटक सगरमाथाको आरोहण पूरा गरेका थिए । उनले विस २०८१ को एकै सिजनमा २९ र ३०औं पटक आरोहण पूरा गरेका थिए । 

कामिरिताले विस २०७९ को वसन्त ऋतुमा पनि दुई पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै