• २०८३ जेठ ४ सोमबार

विवादका बीच लालिबजारको बक्सअफिसमा राम्रो कमाई, अन्य फिल्मले कति कमाए ?

विवादका बीच लालिबजारको बक्सअफिसमा राम्रो कमाई, अन्य फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ २ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले र गुरु आमाको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

जस अनुसार बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ४ करोड २२ लाख २३ हजार ४३५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५१ हजार ९२८ तिक्त बिक्रि भएका छन् ।

त्यस्तै बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले पनि बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले करोड ४२ लाख ६१ हजार ७७९ कमाई गरेको छ । त्यस्तै यस फिल्मले एक लाख १४ हजार ४८६ टिकट बिक्री गरेको छ ।

त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिउल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेको देखिएको छैन । फिल्मले केवल ४४ लाख ७८ हजार ६०८ कमाई गरेको छ भने केवल १३ हजार ८९० टिकट बिक्री भएको छ ।

त्यस्तै बैशाख २५ गते बी रिलिज भएको फिल्म गुरु आमाले २८ लाख ४४ हजार ४५१ कमाइ गरेको छ । यस फिल्मले ८ हजार ९७४ टिकट बिक्री गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै