• २०८३ जेठ ५ मंगलबार

पद बहाल गर्दै प्रधानन्यायाधीश शर्माले भने- न्याय सम्पादन प्रक्रियामा हस्तक्षेप स्वीकार गर्दिन

पद बहाल गर्दै प्रधानन्यायाधीश शर्माले भने- न्याय सम्पादन प्रक्रियामा हस्तक्षेप स्वीकार गर्दिन

काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले ३३औं प्रधानन्यायाधीशको रुपमा पद बहाल गरेका छन् । 

मंगलबार साँझ शपथ लिए लगत्तै उनले सर्वोच्च अदालत पुगेर पद बहाल गरेका हुन् । पदबहाली गर्दै शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन् । उनले स्वतन्त्र, निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण गर्न आफ्नो कार्यकालमा प्रयास गर्ने बताए ।

मंगलबार नै भएको संसदीय सुनुवाईपछि अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै