काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।
बैठक भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास केहि बेर अघि शुरु भएको छ ।
यसअघि जेठ ४ गतेदेखि शुरु भएको बैठककै आज निरन्तरता रहेको हो । बैठकमा समसामयिक राजनीति, निर्वाचनको समिक्षा सहित पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति तोक्ने सहितका एजेण्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।









