• २०८३ जेठ ९ शनिबार

अष्टलक्ष्मीको ओलीलाई सुझाव- पार्टी कसैको पेवा होइन, नेतृत्व छोड्नुस्

अष्टलक्ष्मीको ओलीलाई सुझाव- पार्टी कसैको पेवा होइन, नेतृत्व छोड्नुस्

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छन् ।

शाक्यले ओलीले लगातार तीन कार्यकालसम्म पार्टी नेतृत्व गरिसकेको उल्लेख गर्दै अब कार्यकर्ताको भावना बुझेर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको एमाले कमजोर अवस्थामा पुगेको दाबी गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने उल्लेख गरिन् ।

शाक्यले ओलीमा अझै पनि दम्भ, घमण्ड र गुटगत सोच देखिएको आरोप लगाउदै एमाले कुनै एक व्यक्तिको निजी सम्पत्ति वा गुटको कम्पनी नभएको बताउँदै लाखौं कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको पार्टी भएको स्मरण गराइन् । उनले भनेकी छन्- 'अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच .म उस्तै देख्छु । बलिदानको रगतले जन्मेको पार्टी हो एमाले । लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले । यो पार्टी तपाईं को मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ । अहिले एक्काइसौँ शताब्दीमा छौं हामी आजको समयको माग विचार, सामूहिकता सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो ।'

शाक्यले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण गर्नुपर्ने धारणा राख्दै सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन ओलीलाई आग्रह गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै