काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ ९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले र गुरु आमाको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।
जस अनुसार बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ४ करोड २७ लाख ५३ हजार ६४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५३ हजार ९२६ टिकट बिक्रि भएका छन् ।
त्यस्तै बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले पनि बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले ५ करोड ७६ लाख ३९ हजार ४७१ कमाई गरेको छ । त्यस्तै यस फिल्मले एक लाख ९६ हजार ४०६ टिकट बिक्री गरेको छ ।
त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेको देखिएको छैन । फिल्मले केवल ५१ लाख ६३ हजार ५९३ कमाई गरेको छ भने केवल १६ हजार १३७ टिकट बिक्री भएको छ ।
त्यस्तै बैशाख २५ गते बी रिलिज भएको फिल्म गुरु आमाले २९ लाख ४२ हजार ४७६ कमाइ गरेको छ । यस फिल्मले ९ हजार ३२७ टिकट बिक्री गरेको छ ।
त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले २८ लाख ४६ हजार कमाएको छ भने एक मुठ्ठी बादलले ५ लाख २१ हजार कमाएको छ ।









