• २०८३ जेठ १७ आइतबार

सुन तोलाको २० हजार ५ सयले बढ्यो

सुन तोलाको २० हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको २० हजार ५ सयले बढेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भएको थियो ।

आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुनको भन्सार महशुल दर बढाएर २० प्रतिशत पुर्‍याएपछि सुनको मुल्य बढेको हो । यसअघि सुनको भन्सार महशुल दर  १० प्रतिशत थियो । 

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०५ रुपैयाँले बढेर ५३४५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०४० मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै