• २०८३ जेठ १८ सोमबार

रवि लामिछाने नयाँदिल्ली प्रस्थान

रवि लामिछाने नयाँदिल्ली प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय जनता पार्टीको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन् । 

लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य,  सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य भारत गएका छन् ।

भारतीय सत्तारुढ दल भाजपाले लामिछानेको भारत भ्रमणको क्रममा पार्टीअध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूसँग भेटवार्ता हुने र पार्टी-पार्टी सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख छ ।

यसअघि आइतबार नै रास्वपाले पनि विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको थियो । रास्वपा प्रवक्ता मनीष झाले लामिछाने शुक्रबारसम्म भारतमा रहने र व्यक्तिगत भ्रमणका रूपमा अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको जानकारी दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै