• २०८३ जेठ २३ शनिबार

भोजपुर र सल्यानबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भोजपुर र सल्यानबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । भोजपुर र सल्यानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  

भोजपुरमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-१ श्यामसिला बस्ने ६२ वर्षीय महेन्द्र बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै सल्यानमा २८ वर्षीया  महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-१ चामे बस्ने ६३ वर्षीय नर बहादुर डाँगीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै