काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आज पनि हुदैछ । शनिबार विभिन्न जिल्लाको अधिवेशन सम्पन्न भएर नेतृत्व चयन समेत भएको छ ।
जस अनुसार काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक सभापतिमा चयन भएका छन् ।
त्यस्तै सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपूरमा ख्याम बहादुर भुजेल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापा सभापति बनेका छन् ।









