कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुको जिल्ला सभापतिमा शिव कुमार सुवेदी दोस्रो कार्यकालका लागि विजयी भएका छन्।
सुवेदीले २३५ मत पाएर विजयी भए भने विक्रम थापाले ६५ मत मात्र पाएका थिए । यस्तै रामनिवास पुरीले १८० मत ल्याउँदै उप सभापति बनेका छन् । उप सभापतिका उम्मेदवारहरू चिरञ्जीवी आचार्यले ८२, अनुप मरासिनीले ३२ मत पाएका थिए । त्यस्तै यमलाल आचार्यले २०९ मत ल्याएर सचिवमा निर्वाचित भएका छन्। सचिवमा गुरुदेव पौडेलले ६० र सुशील खत्रीले ४४ मत पाएका थिए । सह सचिवमा १२३ मत ल्याउँदै देवेन्द्र कुमार शर्मा विजयी भएका छन् ।
जिल्ला सदस्य तर्फ क्षेत्र नम्बर १ मा विष्णु प्रसाद घिमिरे, क्षेत्र नम्बर २ मा शिवपुजन चाई र विनोद केवट तथा क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्यमा दीपक रजौरिया निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ३ मा उपसंयोजकमा तेज प्रसाद पौडेल निर्वाचित भएका छन् ।









