काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सर्बदलीय बैठकमा वैदेशिक सम्बन्धको विषयमा परिपक्क व्यबहार देखाउन सुझाव दिएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि बोल्दै लिङदेनले आफुले वैदेशिक सम्बन्धको विषयमा परिपक्कता देखाउन सुझाव दिएको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति र लामिछानेले भारत भ्रमणका क्रममा विगतको बोझ बोक्दैनौं भन्ने विषयले परिपक्कता नदेखाएको टिप्पणी गरे । उनले देश चुनाव हार्नेहरुको पनि भएको बताउदै सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने अवस्था आउन नदिन धारणा राखेको बताए ।
लामिछानेले बोलाएको बैठकमा अन्य दलका सभापतिहरु भने सहभागी नभएर प्रतिनिधि पठाएका थिए ।









