काठमाडौँ । भारतविरुद्ध टेस्ट खेलमा अफगानिस्तान फलोअनमा परेको छ । जारी टेस्टको पहिलो इनिंगमा १५२ रनमा अलआउट भएसँगै अफगानिस्तान ४१२ रनले पछि परेपछि फलोअनमा परेको हो ।
पहिलो इनिंगमा अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै डेभ्यु खेल खेलिरहेका भारतीय बलर मानव सुथारले ६ विकेट लिए भने प्रसिद्ध कृष्णले ३ र वाशिंटन सुन्दरले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिल १२६ र केएल राहुलले १०० रनको शतकीय पारी खेलेका थिए ।









