काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नसक्ने बताएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेतृ अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने र संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने माग गरेकी हुन्।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेकाले निसर्त उक्त भूमि फिर्ता हुनुपर्ने माग गरेकी छन् । उनले सत्ता पक्षका सांसदहरुलाई समेत आव्हान गर्दै भनिन्- 'एकताबद्ध भएर भूल सुधार गर्दै प्रधानमन्त्रीले क्षमा याचनासहित रेकर्ड हटाउन आवश्यक भएकाले त्यो नहुँदासम्म आज बैठक स्थगित गरियो। राष्ट्रिय संकल्प प्रस्ताव पारित गरौं।'
साथै अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा पेश गरेको आर्थिक विधेयकका पृष्ठ र करमा दर हेरफेर भएको पाइएको भन्दै आपत्ति जनाउदै तत्काल छानबिन गर्नुपर्ने माग गरेकी छन् । बिवाईडी गाडीको भन्सार छलि प्रकरणमा अर्थमन्त्रीको संलग्नता रहेको आरोप लगाउदै गाडीमा भन्सार छली गरेको विषय छरपष्ट भएको र यसको छानबिन हुनुपर्ने माग गरेकी छन् ।









