• २०८३ जेठ २८ बिहीबार

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

नवलपरासी पूर्व । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१४ हेगौलीमा बंगुरको मासु खादा १६ जनामा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको छ ।

अस्वस्थ भएका सबैलाई स्थानीय प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालमा उनीहरूको उपचार भइरहेको र स्वास्थ्य अवस्था निगरानीमा राखिएको जनाइएको छ ।

हेगौलीका १०५ घरधुरीका स्थानीयले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज खाएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै