• २०८३ असार १ सोमबार

विचारमा नभएर प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै टिक्दैन- महासचिव पोखरेल

विचारमा नभएर प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै टिक्दैन- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै नटिक्ने दाबि गरेका छन् ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने र विचारधारात्मक आधार आवश्यक रहेको बताएका हुन् ।

उनले भने- 'वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ । त्यसैले अब समाज फेरि विचारधारातर्फ फर्किनुपर्छ र फर्काउनुपर्छ । समय लाग्ला, तर समाज हिँड्ने बाटो त्यही हो ।’

महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरेका छन्  ।

साथै उनले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने बताए  । उनले भने, ‘पपुलिजम र एनार्किजमले तत्कालका मुद्दाहरूमा आफूलाई केन्द्रित गर्छन् र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पैरवी गर्छन्। यी यथास्थितिका पोषक हुन् । तर उनीहरूले समाजलाई यति भ्रमित बनाउँछन् कि सबै समस्याको समाधान यिनै हुन् भन्ने जस्तो इम्प्रेशन दिन्छन् ।’

पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले देशको सीमा मिचिएको विषयमा नबोलेर नागरिक तहमा देखिएका समस्याको विषयमा बोलेको आरोप लगाए । यसले देशको स्वाधीनताको पक्षमा चुनौती खडा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले छिमेकको पक्षमा पैरवी गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्रीले संसदीय प्रणालीभन्दा बाहिर गएर गतिबिधि गरेको आरोप लगाउदै अमेरिकन राष्ट्रपति प्रणाली अनुसार काम गरेको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले देशको प्रणाली अनुसारको यात्रा नमिलेपछि अन्तत: दुर्घटना हुने दाबि गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै