• २०८३ असार ४ बिहीबार

रास्वपाको महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने

रास्वपाको महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा महाधिवेशनमा २५ सयदेखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनमा २५ सयदेखि तीन हजारसम्म महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने अनुमान गरिएको र त्यसबाहेक हरेक जिल्लाबाट जिल्ला समितिले एक जना पर्यवेक्षक पठाउन सक्ने र प्रदेश समितिले तीन जना प्रदेशबाट पर्यवेक्षक पठाउन सक्ने गरी निर्णय भएको जानकारी दिएका छन् । 

विहिबार बसेको सचिवालय बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय गरेको उनले बताए । 

साथै बैठकले महाधिवेशनमा निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन समेत निर्देशन दिएको छ । सचिवालय बैठकले महाधिवेशन अगावै बिभिन्न पदमा दावी गर्ने र आवश्यकता भन्दा बढि प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए । 

महाधिवेशनमा पार्टीको केन्द्रीय समिति १५१ र प्रदेश समितिका सभापतिहरू पदेन रहने छलफल अघि बढेको बुर्लाकोटीले जानकारी दिएका छन् ।

साथै रास्वपाले पार्टीको महाधिवेशन उद्घाटन सत्रमा शुभकामनाका लागि बिभिन्न दलका सभापति तथा अध्यक्षहरुलाई निमन्त्रणा गरेको छ । सचिवालय बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेश प्रदेश बाहेक  अन्य प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै