• २०८३ असार २ मंगलबार

रास्वपाको ६४ जिल्ला र ६०९ पालिका सकियो अधिवेशन

रास्वपाको ६४ जिल्ला र ६०९ पालिका सकियो अधिवेशन

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६४ जिल्लामा अधिवेशन सकिएको छ । 

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले हालसम्म ६४ जिल्ला, ६०९ पालिका र ४ हजार ३६३ वडामा अधिवेशन सकेको छ । 

रास्वपाका अधिवेशन नभएका जिल्लाहरूमा कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाही रहेका छन् । त्यसैगरी अधिवेशन प्रक्रिया सुरु भई स्थगन भएका जिल्लाहरूमा  सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन् । 

त्यस्तै रास्वपाको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् । 

रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ चितवनमा आयोजना हुनेगरी तयारी तीव्र गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै