• २०८३ असार ५ शुक्रबार

बालक अपहरण गर्ने पाँच भारतीय किशोर पक्राउ

बालक अपहरण गर्ने पाँच भारतीय किशोर पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा भारत बिहार बेतिया बस्ने ५ जना १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका-२ बाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई उनीहरूले असार १ गते अपहरण गरी काठमाडौंमा ल्याई होटलमा बन्धक बनाई निज पीडितको परिवारसँग फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बसपार्कस्थित होटल फेमिलिबाट पक्राउ गरेको हो । साथै पीडितलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै