• २०८३ असार ८ सोमबार

रास्वपाको बन्द सत्र आज

रास्वपाको बन्द सत्र आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज हुने भएको छ ।  प्रतिनिधि छनोटको विषय नमिलेपछि यसअघि सोमबार हुन नसकेको बन्द सत्र आज हुने भएको हो ।

रास्वपा नेता मनिष झाले आज अपराहन्नदेखि बन्द सत्र हुने जानकारी दिएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार सोमबार बिहान सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिल्न सकेन । अब विवाद मिलाएर मंगलबार अपराहन्न बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।  

उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा अनुशासन आयोगले प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र राजनीतिक प्रतिवेदन पेश गरेर छलफलपछि प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने र निर्वाचनको प्रक्रिया शुरु हुने बताइएको छ । 

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण बन्द सत्र शुरु हुन नसकेको रास्वपा नेताहरुले बताएका छन् । बिहानैदेखि बन्दसत्र स्थल उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सोमबार बिहान देखि नै महाधिवेशन प्रतिनिधिहरु उपस्थित भएका थिए । कतिपयले उम्मेदवारी घोषणा गरेर मत माग्न समेत शुरु गरेको देखिएको थियो ।

आज बन्द सत्र हुन नसकेपछि रास्वपाको महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ र महाधिवेशन लम्बिने भएको छ । रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै