• २०८३ असार ९ मंगलबार

विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं

विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिइएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले केहि समय अघि सम्पत्ति शुद्धिकरणका महानिर्देशकले काठमाडौँ आएपछि सम्पर्कमा आउने भनेको र केहि समयमै प्रहरीले नियन्त्रण लिएको भन्दै राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिएको बताएका हुन् ।

उनले भनेका छन्- 'केही समय पहिले सम्पत्ति सुद्धिकरण विभागका डिजिले फोनमा कुराकानी गरेर भोली काठमाडौमा आएपछि सम्पर्कमा आउनु होला भनेर अनुरोध गरेको र त्यसको केही समय पश्चात सुर्खेत प्रहरीलाई पत्रचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ ।'

पोखरेलले कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण संकलन गर्ने, र अभियोजन (मुद्दा दायर) पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यताका विपरित एमालेका उपाध्यक्ष पौडेललाई पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत आएका वेला नियोजित रुपमा नियन्त्रणमा लिने काम भएको उल्लेख गरेका छन् ।

राज्यका कुनै पनि न्यायिक अनुसन्धानमुलक निकायका स्वतन्त्र र निष्पक्ष हुनु पर्दछ भन्दै उनले उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताएका छन् । अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्ने भन्दै उनले कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग गर्न नहुने टिप्पणी गरेका छन् ।

एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायका पक्षमा सदैव अटल रहेको बताउदै पोखरेलले कसैलाई पनि पूर्वाग्रहको सिकार नबनाउने र वास्तविक दोषी कानुनी कठघराबाट उम्किन नहुने बताएका छन् । 

उपाध्यक्ष पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरित पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिएको भन्दै महासचिव पोखरेलले सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रुपमा दृढतापूर्वक प्रतिवाद गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै