• २०८३ असार ९ मंगलबार

विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिदै

विष्णु पौडेललाई काठमाडौँ ल्याइयो, अदालतमा पेश गरिदै

काठमाडौँ  । सोमबार सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट आज विहान काठमाडौँ ल्याइएको छ ।

सुर्खेतमा पार्टीको निर्वाचन समिक्षा कार्यक्रममा सहभागी भएकै बेला पौडेललाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । 

प्रहरीले पौडेललाई सुर्खेतमा पक्राउ गरेर गाडीमा नेपालगञ्ज लगेर राख्ने भने पनि राति नै सडकमार्ग मार्फत नै काठमाडौँ ल्याएको हो ।  काठमाडौं ल्याएर पौडेललाई सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको र आजै अदालत पेश गर्ने बताइएको छ । 

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै