काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र लुम्बिनी प्रदेशमा २-२ जना तथा मधेश प्रदेशमा एकजनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँमा २५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा १ जना, बागमतीमा १४ जना र सुदूरपश्चिममा ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।









