काठमाडौँ । भारतले भूकम्प प्रभावित भेनेजुएलाको सहयोगका लागि ‘अपरेसन अमिस्ताद’ सुरु गरेको छ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतीय वायुसेनाका दुई वटा सी-१७ सैन्य विमानमार्फत भारतीय सेनाको फिल्ड अस्पताल टोली तथा ३५ टनभन्दा बढी राहत सामग्री भेनेजुएलातर्फ पठाइएको जानकारी दिएका छन् ।
उनका अनुसार भारत यस कठिन समयमा भेनेजुएलासँग एकताबद्ध भएर उभिएको छ। उनले राहत तथा उद्धार कार्यमा आवश्यक सबै प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन्।
विहिबार बिहान आएका दुई शक्तिशाली भूकम्पले अहिलेसम्म भेनेजुएलामा २३५ भन्दा बढीको मृत्यु भएको छ भने करिब ४० हजार सम्पर्कविहीन रहेको बताइएको छ । अहिले राहत र उद्धारको कार्य जारी रहेको छ ।









