काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक- २०८३ पारित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितको प्रस्ताव गरेका थिए । साथै अर्थमन्त्री वाग्लेले विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।









