विराटनगर । मोरङको विराटनगर म.न.पा. १५ स्थित २ नम्बर ढाटबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ गरिएको छ ।
भारतबाट पैदल नेपालतर्फ आउँदै गरेको देश भारत पश्चिम बंगाल, बनिहारी दक्षिण दिनाजपुर, थाना गंगारामपुर बस्ने ३२ वर्षीय चंचल सिकदारलाई चेकजाँच गर्ने क्रममा उनले बोकेको दुईवटा टिफिन बट्टाभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त पदार्थ फेला परेको हो । बरामद पदार्थसहित सिकदारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









