• २०८३ असार १६ मंगलबार

सिरहामा स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

सिरहामा स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु

सिरहा । सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ ।

बुधबार अपराह्न विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेशन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचिएर सहचालक लहान नगरपालिका-२२ बस्ने २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेबरसाइन नगरपालिका-८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी-२ पर्सामा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको छ भने फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै