• २०८३ असार १८ बिहीबार

सुन तोलाको ६२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

सुन तोलाको ६२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ६२ सयले बढेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८०  रुपैयाँले बढेर तोलाको ४४५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४२७० मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै