काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू-भागका केही, तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।









