• २०८१ जेठ ५ शनिबार

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मृत फेला

kharibot

फाइल तस्बीर

रत्ननगर। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । 

बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

यो आर्थिक वर्षमा प्राकृतिक रूपमा गैंडा मरेको यो पहिलो हो । अघिल्लो वर्ष विभिन्न कारणले २६ गैंडा मरेको तथ्याङ्क निकुञ्जसँग छ । जसमा बाढीले बगाएर ४ गैंडा मरेका थिए । 

पछिल्लो समयमा जुधेर र अन्य कारणले गैंडाको मृत्यु बढेको भन्दै यहाँका संरक्षणकर्मीले चिन्ता प्रकट गरेका थिए । बाघ, गैंडालगायत वन्यजन्तुको प्राकृतिक मृत्युदर बढ्न थालेपछि उनीहरूले यसबारे अनुसन्धान गरिनुपर्नेमा जोड दिँदै आएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै