• २०८३ असार २२ सोमबार

बुबाको हत्या गरेको अभियोगमा पक्राउ

बुबाको हत्या गरेको अभियोगमा पक्राउ

धादिङ । आफ्नै बुबा ६० वर्षीय धन नारायण सुनारको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका-४ यार्सा बस्ने ३५ वर्षीय सुजन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

सुजनले फलामको रड प्रहार गर्दा धन नारायण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका धन नारायणको ग्रामिण अस्पताल फुलखर्कमा उपचारको क्रममा मृत्यु भएको हो  ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै