काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ ।
बैठक बिहिबार बिहान ११: ३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । बैठकमा सुरुमा शून्य समय सञ्चालन गरिने र त्यसपछि नयाँ सदस्यहरूको शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ ।
यस्तै, विभिन्न उपसमितिहरूको आगामी कार्ययोजनाबारे छलफल गरिने, आवश्यक थप उपसमिति विस्तार गर्ने विषय पनि बैठकको कार्यसूचीमा समावेश गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।









