• २०८३ असार २३ मंगलबार

झ्याप-झ्याप विद्युत जाने समस्या अध्ययन गर्न मन्त्रालयले बनायो कार्यदल

झ्याप-झ्याप विद्युत जाने समस्या अध्ययन गर्न मन्त्रालयले बनायो कार्यदल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक-पटक अवरुद्ध हुने तथा झ्याप-झ्याप विद्युत जाने समस्या बढ्दै गएपछि अध्ययन गर्न कार्यदल गठन गरेको छ । 

मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको हो । कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै लापरबाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत निर्देशन दिएका छन् । 

मन्त्रालयले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र नियमित बनाउँदै उपभोक्ताको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै