• २०८३ असार २५ बिहीबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, ९० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, ९० जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने कोशी र लुम्बिनी प्रदेशमा २-२ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४२ जना घाइते भएका छन् भने काठमाडौँमा १२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना, बागमतीमा २  र कर्णालीमा २ घाइते भएका छन् भने सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै