• २०८३ असार २७ शनिबार

खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या,तीन जना पक्राउ

खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या,तीन जना पक्राउ

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरीको रकम माग्न गएका एक व्यक्तिको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते दिउँसो करिब १२ बजे स्थानीय ३८ वर्षीय ध्रुव भन्ने भक्तबहादुर अधिकारी मजदुरी गरेको रकम माग्न ५७ वर्षीय तिलबहादुर सार्कीको घर पुगेका थिए। सोही क्रममा तिलबहादुर सार्कीलगायतले खुकुरी प्रहार गर्दा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तिलबहादुर सार्कीलाई असार २५ गते नै पक्राउ गरिएको थियो । त्यसपछि असार २६ गते ५२ वर्षीया भोटीमाया सार्की र २२ वर्षीया सीता सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै