• २०८३ असार २७ शनिबार

धनुषामा उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषामा उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

काठमाडौँ । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान उपप्रमुख सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान बडहरीबाट विराटनगरतर्फ बिरामी बोकेर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतोसहित बसन्तकुमार सिंह, रेणुकुमारी महतो, राजुदेवी र लक्ष्मी महतो घाइते भएका छन्। त्यस्तै सरकारी गाडी चालक बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल र भीमराज भुजेल पनि घाइते भएका छन्।

घाइतेमध्ये रेणुकुमारी महतोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य सबैको अवस्था सामान्य रहेको छ। एम्बुलेन्समा सवार राजुदेवी पहिलेदेखि पक्षघातको उपचार गराइरहेकी बिरामी रहेको पनि जनाइएको छ।

घाइते सबैलाई उपचारका लागि धनुषास्थित जानकी मेडिकल कलेज, रमदैयामा भर्ना गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै