धनगढी । बझाङको केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुहावन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा दुर्घटना भएको छ ।
सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा करिब १६ जना यात्रा गरेको भन्ने प्रारम्भिक जानकारी रहेको र केहि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको जानकारी दिएको छ ।









