काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा जापानको सामना गर्ने भएको छ ।
नेपाल समूह ‘डी’ मा तिनै खेल जितेर विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो भने जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले कतार, सिंगापुर र हङकङलाई पराजित गरेको थियो ।
नेपाल र जापानबीचको खेल बुधबार मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११: ४५ मा सुरु हुनेछ ।
यसैगरी,अन्य क्वार्टरफाइनलका खेलमा थाइल्यान्ड र कतार, यूएई र मलेसिया तथा इन्डोनेसिया र भुटान आमने सामने हुने छन् । क्वाटरफाइनलका सबै खेल बुधबार हुनेछन् ।









