• २०८३ असार ३१ बुधबार

माइतीघर मण्डलामा टमाटर सडकमा फालेर किसानको प्रदर्शन

माइतीघर मण्डलामा टमाटर सडकमा फालेर किसानको प्रदर्शन

काठमाडौँ । किसानले काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

उचित बजार नपाएको, सरकारले पर्याप्त अनुदान र बजारको सुनिश्चितता गर्न नसकेको,  आयातमुखी नीतिका कारण स्वदेशी किसानका उत्पादनले मुल्य नपाएको भन्दै उनीहरुले बुधबार माइतीघर मण्डलामा टमाटर फालेर प्रदर्शन गरेका हुन्।

उनीहरुले टमाटर बिक्री हुन नसकेको र उत्पादनको लागतसमेत उठाउन मुश्किल भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

साथै उनीहरुले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, मल बीउको सहज उपलब्धता गराउन, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै