काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजेदेखि बस्ने बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफलको कार्यसुची रहेको समितिले जानकारी दिएको छ ।
बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष बस्ने समितिले जनाएको छ ।









