• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री ओलीले आज प्रदेश २ को प्रदेशसभा बैठक सम्बोधन गर्ने 

kharibot

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

सम्बोधनका लागि प्रधानमन्त्री ओली शनिबार बिहान जनकपरुधाम आउने प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै छन् । 

प्रधानमन्त्री ओलीको स्वागतका लागि स्वागतद्वारको निर्माणका साथै प्रदेशसभामा विशेष तयारी गरेको बताइएको छ । 

प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ । 

सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ साहले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै