• २०८३ असार ३२ बिहीबार

श्रीमतीको कुटपिट गरेर हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको कुटपिट गरेर हत्या गर्ने श्रीमान पक्राउ

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १० फगिरे चौराहामा श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने एक जना पक्राउ परेका छन । 

अन्दाजी ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए । उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएकी सुनारको अवस्था गम्भिर भएपछि चिकित्सकले सुविधासम्पन्न अस्पतालमा लग्न रिफर गरेकोमा घरमा लगि राखेपछि घरमै मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा संलग्न रत्नबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै