• २०८३ श्रावण १ शुक्रबार

नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

नेप्से ७९.७४ अंकले बढ्यो, ४ अर्ब ५७  करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका एक करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ४ अर्ब ५७  करोड ५० लाख ९४ हजार ७२३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रोको शेयर १४.८३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २२ करोड २३ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १७ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै