• २०८३ श्रावण २ शनिबार

मिर्गौला पिडितलाई ग्यालेक्सी युथ क्लबको आर्थिक सहयोग

मिर्गौला पिडितलाई ग्यालेक्सी युथ क्लबको आर्थिक सहयोग

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ लौगाईं निवासी पौडेल परिवारलाई ग्यालेक्सी युथ क्लबले १९ हजार ८०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

परिवारका श्रीमान् मिर्गौला रोगबाट पीडित छन् भने श्रीमती ठूलो आन्द्रासम्बन्धी गम्भीर समस्याको उपचार गराइरहेकी छन्। दुवै कमाउने सदस्य नै बिरामी भएपछि परिवार आर्थिक संकटमा परेको जनाइएको छ।

यही अवस्थालाई ध्यानमा राख्दै ग्यालेक्सी युथ क्लबले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार पौडेल परिवारलाई १९ हजार ८०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

क्लबले कठिन परिस्थितिमा सानो सहयोगले पनि ठूलो हौसला प्रदान गर्ने विश्वासका साथ सहयोग गरिएको जनाएको छ। साथै, सहयोग अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबै सहयोगीदाता प्रति क्लबले आभार व्यक्त गरेको छ ।

क्लबले मानव सेवाभन्दा ठूलो धर्म अरू केही नभएको उल्लेख गर्दै आवश्यकता परेका नागरिकको सहयोगमा सबैलाई हातेमालो गर्नसमेत आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै