• २०८३ श्रावण १० आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १२४ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १२४ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २७ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, सुदूरपश्चिममा १३ जना र कर्णालीमा ६ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै