• २०८३ श्रावण १० आइतबार

सीमा सहजीकरणका लागि सशस्त्रको बोर्डर इन्टरएक्सन टिम परिचालन

सीमा सहजीकरणका लागि सशस्त्रको बोर्डर इन्टरएक्सन टिम परिचालन

काठमाडौँ । सीमा सहजीकरण तथा सीमा ईलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन गरिएको छ ।

साउन १० गतेदेखि सीमा ईलाकाको मुख्य नाकाहरु झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगरमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा  १४ जना रहने गरि टोली परिचालन गरिएको हो । सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रहि सीमाको मुख्य नाकाहरुमा परिचालन हुनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आईतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिदै टोली परिचालनको शुभारम्भ गर्नुकासाथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापको बारेमा समेत जानकारी लिएका छन् ।

सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र बृद्धबृद्धाहरुको सहजीकरण, मावन वेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तु लगायतका सामाग्रीहरुको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाईकासाथ काम गर्नेछ ।

सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा ईलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेशनल कामकारवाहीमा समेत सहयोग पुग्ने विश्वास लिईएको छ । आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनिपतिहरुले टोली परिचालनको शुभारम्भ गरेका छ्न् ।

मुख्य सीमा नाकाहरुमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजे देखि सांझ ८ बजेसम्म सादा पोशाक (सफारी सुट)मा रहने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै